शनिबार, जेष्ठ २,२०८३ 09:52:34
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 09:52:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा सामान्य गिरावट, प्रिमियम संकलनमा शिखर नम्बर वान

Laxmi Sunrise Bank Limited
निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा सामान्य गिरावट, प्रिमियम संकलनमा शिखर नम्बर वान
Shivam Cement

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा सामान्य गिरावट आएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीवन बीमा कम्पनीको व्यवसाय गत आवको तुलनामा ०.०२ प्रतिशतले गिरावट आएको हो ।  

चालु आवको तेस्रो त्रैमाससम्म १४ निर्जीवन बीमा कम्पनीले ३० अर्ब ७८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । गत वर्षको यसै अवधिसम्म भने कम्पनीहरुले ३० अर्ब १ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।  

तेस्रो त्रैमाससम्म १४ मध्ये ३ वटा कम्पनीको व्यवसाय घटेको छ भने बाँकी ११ वटा कम्पनीले भने व्यवसाय बढाएका छन् ।  

चैत मसान्तसम्म सर्वाधिक बीमा शुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनी एक्लैले ४ अर्ब २२ करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ५३ रुपैयाँ प्रिमियम संकलन गरेर दोस्रो स्थान कायम गर्न सफल भएको छ ।  

यता सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको व्यवसाय भने खस्किदो देखिएको छ । केही महिनाअघि सर्वाधिक व्यवसाय गर्न सफल सो कम्पनीले २ अर्ब ८९ करोड रुपैयाँ प्रिमियम कलेक्स गरेर तेस्रो स्थान ओगटेको छ । सिद्धार्थ प्रिमियरलाई पच्छ्याउँदै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ६४ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्दा, हिमालयन एभरेष्टले पनि २ अर्ब ५४ करोड रुपैयाँ प्रिमियम कलेक्सन गर्न सफल भएको छ ।  

Bizshala
New Office
CG Motors

यसका साथै नेको इन्स्योरेन्सले २ अर्ब ३९ करोड, युनाइटेड अजोडले १ अर्ब ९७ करोड, एनएलजी इन्स्योरेन्सले १ अर्ब ८३ करोड, सानिमा जिआइसीले १ अर्ब ७८ करोड, दि ओरियण्टल इन्स्योरेन्सले १ अर्ब ५१ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ३२ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३० करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब १५ करोड र नेशनल इन्स्योरेन्सले जम्मा ८७ करोड रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेको छ ।  

बृद्धिदरको आधारमा कुनको व्यवसाय कस्तो ?

गत वर्षको तुलनामा तीन वटा कम्पनीको व्यवसाय खस्किएको छ भने बाँकी ११ वटाले भने व्यवसाय बढाएका छन् । सर्वाधिक दि ओरियण्टलले ४१.३८ प्रतिशतले व्यवसाय बढाएको छ ।  

त्यस्तै, प्रभु इन्स्योरेन्सले १४.८९ प्रतिशत, नेशनल इन्स्योरेन्सले १४.५२ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ११.०७ प्रतिशत, सानिमा जिआइसीले ७.७७ प्रतिशत, आइजीआई प्रुडेन्सियलले ७.०१ प्रतिशत, नेको इन्स्योरेन्सको ५.७८ प्रतिशत, शिखर इन्स्योरेन्सको १.७० प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.४९ प्रतिशत, एनएलजी इन्स्योरेन्सको १.२३ प्रतिशत र नेपाल इन्स्योरेन्सको ०.३१ प्रतिशतले व्यवसाय बढेको छ ।  

तीन कम्पनीको व्यवसाय भने गत आवको तुलनामा घटेको छ । सर्वाधिक घट्नेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीको व्यवसाय ३४.५२ प्रतिशतले घटेको छ । त्यस्तै, युनाइटेड अजोडको १७.४५ प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १३.७८ प्रतिशतले घटेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.