सोमबार, असार २,२०८२ 05:16:40
  • सोमबार, असार २,२०८२ 05:16:40
Global IME Bank Limited

विकास साझेदारले भनेः नेपालमा लगानीको वातावरण बनेको छ

Hyundai Nepal
विकास साझेदारले भनेः नेपालमा लगानीको वातावरण बनेको छ
Nabil Bank Limited

काठमाण्डौ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका छन् ।  तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) सहित विकास साझेदार संस्थाका प्रतिनिधिले सोमबार बिहान कार्यक्रम स्थल होटल सोल्टीमा अर्थमन्त्री वर्षमान पुन अनन्तसँग साइडलाइट वार्ता गरेका थिए ।  

त्यस क्रममा उनीहरुले सरकारले हालैमात्र कानूनी र प्रक्रियागत सुधारका लागि चालेका कदमले लगनाी वातावरण बताएको बताए । यस्तै उनीहरुले सत्तारुढ र प्रतिपक्षी दलबीच विकासबारेको समान धारणाको खुलेरै प्रशंसा गरे । सम्मेलन उदघाटन सत्रमा काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विकासका एजेण्डामा नेपालका सबै दल सँगै रहेको प्रतिबद्धता जनाएकातर्फ उनीहरुको संकेत थियो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनीहरुले कानूनी र प्रक्रियागत सुधारबारे आगामी दिनमा पनि ख्याल गर्न सुझाए । नेपालका दलहरुमा देखिएको विकास र लगानीप्रतिको ऐक्यबद्धताले लगानीकर्तामा उत्साह थपिएको उनीहरुको भनाइ थियो । बैठकमा मन्त्री पुनका साथै मुख्य सचिव बैकुण्ठ अर्याल, अर्थसचिव मधुकुमार मरासिनी, राजश्व सचिव डा। रामप्रसाद आचार्य, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र मन्त्रालयका सह–सचिवद्वय श्रीकृष्ण नेपाल र धनीराम शर्मालगायत सहभागी थिए ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.