शनिबार, जेष्ठ २,२०८३ 09:53:52
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 09:53:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले निर्मल प्रधानको विषयमा बोर्डसँग माग्यो सूचना, यस्तो छ कारण

Laxmi Sunrise Bank Limited
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले निर्मल प्रधानको विषयमा बोर्डसँग माग्यो सूचना, यस्तो छ कारण
Shivam Cement

काठमाण्डौ । सम्पत्ति शुुद्धीकरण अनुसन्धान विभागले नेपाली सेयर बजारका ठूला लगानीकर्ता निर्मल प्रधानका विषयमा धितोपत्र बोर्डसँग सूचना माग गरेको छ । धितोपत्र बोर्डस्थित उच्च स्रोतले दिएको जानकारी अनुसार सम्पति शुुद्धीकरण अनुसन्धान विभागले लगानीकर्ता प्रधानको विषयमा पटक–पटक सूचना माग गरेको हो ।  

प्रधानले सेयर बजार प्रभावित पार्ने क्रियाकलाप गरेको भन्दै त्यस विषयमा प्रमाण जुटाउन विभागले बोर्डसँग सूचना माग गरेको हो । ‘कसैले उजुरी दिएको खण्डमा सम्पति शुुद्धीकरणले सूचना माग गर्ने गर्छ । शंका लागेको खण्डमा व्यक्ति उपर कामकारवाही अगाडी बढाउने हो । सूचना माग्दैमा डराई हाल्नु भने पर्दैन ।’ बोर्डस्थित स्रोतले बतायो । यस अघि बोर्डले गुरु न्यौपानेलाई धितोपत्रमा इन्साइडर ट्रेडिङ गरेको भन्दै कारवाहीको सिफारिस गरेको थियो ।  

Bizshala
New Office
CG Motors

बोर्डस्थित उच्च स्रोतले दिएको जानकारी अनुसार बोर्डले सामाजिक सञ्जालमार्फत बजार प्रभावित पार्ने केही व्यक्तिहरुको रिपोर्ट तयार गरेर प्रहरी प्रशासनलाई बुझाउदै छ । स्रोत भन्यो,‘हामीलाई अहिले सजिलो छ । रिपोर्ट बनाएर प्रहरी प्रशासनलाई बुझाउने हो । जे गर्छ अब प्रहरी प्रशासनले नै गर्छ ।’

यस अघि पनि केही व्यक्तिलाई सामाजिक सञ्जालमा जथाभावि बोलेको तथा लेखेको भन्दै बोर्डले सचेत गराएको थियो । तर केही व्यक्तिहरुले भने अझै पनि सामाजिक सञ्जालमार्फत बजार प्रभावित पार्न खोजिरहेको भन्दै बोर्डले रिपोर्ट तयार गरेर प्रहरीलाई बुझाउने तयारी गरेको गरेको स्रोतले जानकारी दिएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.