शनिबार, जेष्ठ २,२०८३ 08:33:38
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 08:33:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अर्थ मन्त्रालय लथालिङ्ग, धितोपत्र बोर्ड र नेप्सेलाई हाईसञ्चो

Laxmi Sunrise Bank Limited
अर्थ मन्त्रालय लथालिङ्ग, धितोपत्र बोर्ड र नेप्सेलाई हाईसञ्चो
Shivam Cement

काठमाण्डौ ।देशको अर्थतन्त्र र यसप्रति चासो वा सरोकार हुनेहरुको तालुकदार मन्त्रालयका रुपमा रहेको अर्थमन्त्रालय प्रवक्ता र सूचना अधिकारीविहिन बनेको छ भन्दा कमैलाई विश्वास लाग्ला । तर अर्थमन्त्रालय एक साता भन्दा लामो समयदेखि प्रवक्ताविहिन बनेको छ । हाल सरकारले उत्तर कुमार खत्रीलाई प्रवक्ता नियुक्त गरेको छ ।  

तर उनको फोन भने अर्कै व्यक्तिले उठाउने गरेका छन् । फोन उठाउने व्यक्तिले आफू सूचनाको लागि  आधिकारिक व्यक्ति नभएको बताउँछन् । प्रवक्ता नभएको अबस्थामा जनतालाई सू–सूचित गर्ने काम सूचना अधिकारिबाट हुने गर्छ । हाल अर्थ मन्त्रालयमा सूचना अधिकारीलाई समेत सम्पर्क गर्न सकिदैन । यसले अर्थ मन्त्रालय कति लथालिङ्ग छ भन्ने पुष्टि गर्छ ।  

अहिले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया चलेको छ । यसमा पनि अर्थ मन्त्रालय अलमलमा नै रहेको देखिन्छ । आजै मात्रै महान्यायधिवक्ताको कार्यालयले विकल्पसहित अध्यक्ष नियुक्तीको सुझाव दिएको छ । जसमा सिफारिस समितिले कम्मतीमा ३ जनाको नाम सिफारिस हुनुपर्ने सुझाव दिएको छ । यसले अब सरकारसँग पुनः ५ जनालाई व्यवसायिक कार्यपत्र प्रस्तुतिमा बोलाउने वा यो प्रक्रिया नै टुङग्याउने दुईवटा विकल्प बाँकी छन् ।  

Bizshala
New Office
CG Motors

धितोपत्र बोर्ड अध्यक्षको लागि यस अघि नै २ पटक कार्यप्रत्र प्रस्तुत गर्न छनौट समिलिते बोलाईसकेको छ । तर २ पटकनै ३ जना उम्मेद्वार अनुपस्थित भएका थिए । अब पनि उनिहरु उपस्थित हुन्छन् भन्ने कुनै निश्चिन छैन ।  

अर्थमन्त्रीका सल्लाहाकार डा .सूर्य थापाले महान्यायधिवक्ताको कार्यलयले भर्खरै सुझाव दिएको कारण सरकार यसमा छलफलमा नै रहेको बताउँछन् । थापा भन्छन् ,‘अर्थमन्त्री यस विषयमा बोलिसक्नु भएको छ । सरकारले आवश्यक कदम अगाडि बढाउँछ ।’ उनको भनाईको आशयले सरकार अझै पनि अलमलमा नै रहेको छ । हाल धेरै जसो अर्थका सचिव तथा सह–सचिव विदेश भ्रमणमा रहेका छन् ।  

नेप्सेका अध्यक्ष तथा अर्थ मन्त्रालयका सह–सचिब शोभाकन्त पौडेल पनि लामो समयदेखि विदेश भ्रमणमा रहेको कारण नेप्से-३० जस्ता प्रक्रिया अर्थ मन्त्रालयकै टेबलमा रोकिएका छन् । यति मात्रै नभएर नेप्से पुनर्संरचनाको प्रक्रिया पनि अर्थ मन्त्रालयमा नै रोकिएको छ । हाल तालुकदार मन्त्रालय नै लथालिङग हुँदा धितोपत्र बोर्ड र नेप्सेलाई हाईसञ्चो भएको छ । यसैको फाइदा दोस्रो बाजारमा केही टाठा बाठाहरुले कम्जोर कम्पनीमा खेलेर उठाई रहेका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.