आईतवार, जेष्ठ ३,२०८३ 10:42:40
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 10:42:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अन्ततःरिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन प्रक्रिया रद्द

Laxmi Sunrise Bank Limited
अन्ततःरिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन प्रक्रिया रद्द
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन प्रक्रिया रद्द गरेको छ । सेबोनको आज बसेको बैठकले कम्पनीको आईपीओ निष्कासन प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।  

रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा संसदको सार्वजनिक लेखा समितिमै प्रश्न उठेपछि बोर्डले कम्पनीको आईपीओ निष्कासन प्रक्रिया रद्द गरेको हो । सार्वजनिक लेखा समितिले बोर्डलार्ए मंगलबार रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा सात दिने स्पष्टीकरण दिन निर्देशन दिएको छ ।  

Bizshala
New Office
CG Motors

बोर्डस्थित स्रोतका अनुसार आज कम्पनीको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा कैफियतको विषयमा र सार्वजनिक लेखा समितिले सोधेको स्पष्टीकरणका बारेमा बोर्डको बैठक बसेको थियो । बैठकमा आईपीओ निष्कासन प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरिएको स्रोतले जनाएको छ । स्रोतले भन्यो,‘ विभिन्न मिडियामा रिलायन्स स्पिनिङ मिल्सका बारेमा आएको खबर र सर्वाजनिक लेखा समितिले पनि चासो दिएपछि बोर्डले यस विषयमा जिम्मेवारीपूर्वक ढंगले अघि बढ्नु पर्ने देखिएकाले हालका लागि आईपीओ निष्कासन प्रक्रिया रद्द गरिएको हो ।’

कम्पनीले असार २७ गतेबाट पहिलो चरणअन्तर्गत बैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको थियो । सेबोनले गत असार १२ गते प्रतिकित्ता ८२०.८० रुपैयाँ दरको आईपीओ निष्कासनका लागि कम्पनीलाई स्वीकृति दिएको थियो । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.