सोमबार, असार २,२०८२ 03:20:13
  • सोमबार, असार २,२०८२ 03:20:13
Global IME Bank Limited

राष्ट्रिय ध्वजावाहक पीआईएलाई निजीकरण गर्दै पाकिस्तान

Hyundai Nepal
राष्ट्रिय ध्वजावाहक पीआईएलाई निजीकरण गर्दै पाकिस्तान
Nabil Bank Limited

काठमाण्डौ । पाकिस्तानको संघीय सरकारले राष्ट्रिय ध्वजावाहक पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) लाई निजीकरण गर्ने भएको छ । संघीय सरकारले निजीकरण प्रक्रिया अन्तर्गत राष्ट्रिय ध्वजावाहक पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को सम्पत्ति र दायित्वको विभाजनको लागि एक रूपरेखा तयार गरेको छ।

पीआईएको सम्पत्ति र दायित्वहरू पीआईए र होल्डिङ कम्पनीबीच बाँडफाँड गरिएको छ।

पाकिस्तानको सरकारले पीआईएको कुल सम्पत्ति १७१.४३ बिलियन पाकिस्तानी रुपैयाँ रहेको खुलासा गरेको छ । निजीकरण प्रक्रिया पूरा भएपछि, पीआईएको सम्पत्ति र दायित्व होल्डिङ कम्पनी र एयरलाइन्स लिने नयाँ कम्पनीबीच बाँडफाँड गरिनेछ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

रिपोर्टमा पीआईएको १७१.४३ बिलियन पाकिस्तानी रुपैयाँबराबरको सम्पत्तिमध्ये १४६.५७ बिलियन रुपैयाँबरारबको सम्पत्ति पीआईएको नयाँ व्यवस्थापनमा हस्तान्तरण हुने र २४.८६ बिलियन पाकिस्तानी रुपैयाँबराबरको सम्पत्ति होल्डिङ कम्पनीमा रहने उल्लेख छ ।

राष्ट्रिय एयरलाइन्सको रु ८३० बिलियन(पाकिीतानी रुपैयाँ) घाटा मध्ये २०२ बिलियन पीआइले र रु ६२८ बिलियन होल्डिङ कम्पनीले व्यहोर्ने छ । फलस्वरूप नयाँ कम्पनीले रु ५५.७० बिलियन घाटासहित पीआइए सञ्चालनमा ल्याउनेछ ।

दस्तावेजका अनुसार सरकारले निजीकरण प्रक्रियाअन्तर्गत पीआईए सञ्चालनलाई कोर र गैर कोर खण्डमा विभाजन गर्नेछ। पीआईएको सबै सम्पत्ति र दायित्वहरू यी दुई खण्डहरूबीच विभाजित गरिनेछ।पीआइएको निजीकरणका कारण कुल ६२८ बिलियन पाकिस्तानी रुपैयाँ घाटा र दायित्व पीआईए होल्डिङ कम्पनीमा हस्तान्तरण भएको दस्तावेजमा उल्लेख छ ।

पीआईए इन्भेष्टमेन्ट, स्काइरुम प्राइभेट लिमिटेड, मिडवे हाउस प्राइभेट लिमिटेड, र पीटीडीसी ड्युटी–फ्री शप लिमिटेड, रुजवेल्ट लगायतका होटलहरूमा भएको दीर्घकालीन लगानी पीआइए होल्डिङ कम्पनीमा हस्तान्तरण गरिनेछ।

स्वदेशी तथा अन्तर्राष्ट्रिय संस्थाबाट लिएको ऋण र तिनीहरुको ४४४ बिलियन रुपैयाँको ब्याज पनि होल्डिङ कम्पनीलाई हस्तान्तरण गरिनेछ ।रिपोर्टका अनुसार पीआईएसँग सरकारसँग १६१ बिलियन पाकिीतानी रुपैयाँ र वाणिज्य बैंकहरूको २६७ बिलियन पाकिस्तानी रुपैयाँ बाँकी रहेको होल्डिङ कम्पनीलाई हस्तान्तरण गरिने छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.