मंगलवार, असार ३,२०८२ 05:03:53
  • मंगलवार, असार ३,२०८२ 05:03:53
Global IME Bank Limited

अन्तराष्ट्रिय पर्यटकलाई प्रवेश अनुमति दिने योजनामा उत्तर कोरिया, कति लाग्छ शुल्क ?

Hyundai Nepal
अन्तराष्ट्रिय पर्यटकलाई प्रवेश अनुमति दिने योजनामा उत्तर कोरिया, कति लाग्छ शुल्क ?
Nabil Bank Limited

काठमाण्डौ । बाँकी विश्वसँग दुरी कायम राखेको उत्तर कोरिया अन्तराष्ट्रिय पर्यटकहरुका लागि पुनः खुला हुने भएको छ । उत्तर कोरियाले आगामी हिउँदमा अन्तराष्ट्रिय पर्यटकहरुलाई प्रवेश अनुमति दिने भएको हो ।  

कोरोना महामारीपश्चात अन्तराष्ट्रिय पर्यटकका लागि बन्द भएको उत्तर कोरियाली सिमा पुनःखुल्न लागेको उत्तर कोरियामा टुर अपरेटर गर्दै आएका कम्पनीहरुले बताएका छन् ।  

उत्तर कोरियामा भ्रमणको चाजोपाजो मिलाउने कम्पनी केटीजेट र कोर्यो टुर्सले बुधबार आफ्ना साझेदारहरुले उत्तर कोरियाली सरकारले केही स्थानका लागि प्रवेश खुलाउन लागेको जानकारी दिएको बताएका छन् । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

रिपोर्टमा उत्तर कोरियाली शहर साम्जियोन अन्तरािष्ट्रय पर्यटकका लागि डिसेम्बर महिनासम्म खुल्ने जनाइएको छ । त्यस्पश्चात देशका अन्य शहरहरुलाई पनि अन्तराष्ट्रिय पर्यटकका लागि अनुमति दिइने जनाइएको छ ।  

सन् २०२० देखि उत्तर कोरियाले अन्तराष्ट्रिय पर्यटकहरुलाई प्रवेशमा रोक लगाएको छ । केही अन्तराष्ट्रिय उडान भने गत वर्षदेखि सुचारु गरिएको थियो । गत फेब्रुअरीमा एउटा सानो रुसी टोलीले उत्तर कोरियाको भ्रमण गरेको थियो ।  

कार्यो टुर्सका अनुसार उत्तर कोरियाले साम्जियोन शहरमा पर्यटन क्षेत्रको विकास र पूर्वाधारका लागि विगत केही वर्षदेखि काम गर्दै आईरहेको छ । यो शहर चीनको सिमा नजिक पर्छ ।  

उत्तर कोरियाली सरकारी समाचार एजेन्सीहरुका अनुसार उत्तर कोरियाली शासक किम जोङ उनले गत महिना साम्जियोन शहरको अवलोकन गर्दै उच्च सभ्यता भएको पहाडी शहर भनेर प्रशंसा गरेका थिए ।      

यस्तै उत्तर कोरियाको पूर्व तटीय क्षेत्रमा समेत पर्यटकीय क्षेत्र निर्माण गरिएको छ । पर्यटन क्षेत्रमार्फत उत्तर कोरियाले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्ने प्रयास गरिरहेको जनाइएको छ ।  

कोर्यो टुर्सको वेबसाइटका अनुसार उत्तर कोरियाका जानका लागि प्रति व्यक्ति ६ सय युरोदेखि १४ सय युरोसम्म शुल्कको व्यवस्था रहेको छ । यो शुल्क जाने समय, बस्ने अवधि, समूहको आकार र बसाईमा तलमाथि हुन सक्छ ।  

उत्तर कोरियामा दक्षिण कोरियाली नागरिक बाहेक अन्य सबै देशका पर्यटकले जान पाउँछन् ।  

सन् २०१९ मा ३ लाख ५० हजार चिनियाँ पर्यटकले उत्तर कोरियाको भ्रमण गरेका थिए ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.