सोमबार, असार २,२०८२ 04:54:35
  • सोमबार, असार २,२०८२ 04:54:35
Global IME Bank Limited

सानिमा माई हाईड्रोपावरको नाफा ३.३९% ले बढ्यो,विद्युत बिक्रीको आम्दानी रु.४९.९२ करोड

Hyundai Nepal
सानिमा माई हाईड्रोपावरको नाफा ३.३९% ले बढ्यो,विद्युत बिक्रीको आम्दानी रु.४९.९२ करोड
Nabil Bank Limited

काठमाण्डौ । सानिमा माई हाईड्रोपावर लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ३३ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ३.३९ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्हपनीले ३२ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको बिद्युत बिक्रीबट हुने आम्दानी भने घटेको छ । कम्पनीले विद्युत बिक्रीबाट ४९ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १.१३ प्रतिशतले कम हो । कम्पनीके वित्त आम्दानी १९.३४ प्रतिशतले बढ्दै २ करोड ७२ लाख रुपैयाँ पुगेको छ  ।  

समीक्षा अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा ३८ करोड १८ लाख बाट घटेर ३६ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च ८ करोड ७८ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।  

कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ४० करोड र अन्य रिजर्भ १ अर्ब ३४ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१०.८२ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १८९.१० रुपैयाँ र मूल्य आम्दानी अनुपात ३४.५६ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.