मंगलवार, असार ३,२०८२ 02:27:31
  • मंगलवार, असार ३,२०८२ 02:27:31
Global IME Bank Limited

साउनमा वीरगञ्ज भन्सारबाट उठ्यो १२.१६ अर्ब राजश्व

Hyundai Nepal
साउनमा वीरगञ्ज भन्सारबाट उठ्यो १२.१६ अर्ब राजश्व
Nabil Bank Limited

काठमाण्डौ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । देशको प्रमुख भन्सार नाका मानिने यो कार्यालयले साउन महिनामा यो रकमबराबरको राजश्व संकलन गरेको हो ।  

कार्यालयबाट संकलन भएको राजश्व लक्ष्यभन्दा कम हो । वीरगञ्ज भन्सार कार्यालयबाट साउनमा १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिइएको थियो । तर कार्यालय लक्ष्यको ७२.११ प्रतिशत मात्रै संकलन गर्न सफल भएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

भन्सार विभागले गत आवको साउनमा वीरगन्ज भन्सार कार्यालयलाई १५ अर्ब ६२ करोड ३७ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । सोही आवमा लक्ष्यको ७५ दशमलव ९६ प्रतिशत अर्थात् ११ अर्ब ८६ करोड ८४ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

चालु आवको पहिलो महिनामा वीरगञ्ज भन्सार हुँदै ४६ अर्ब ५९ करोड २६ लाख ९६ हजार रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । यो परिमाण गत आवको पहिलो महिनाको तुलनामा ३.५३ प्रतिशतले कम हो ।

आव २०८०/८१ को साउनमा यो भन्सार कार्यालय हुँदै ४८ अर्ब २९ करोड ६० लाख १६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो ।

चालु आवको पहिलो महिना यो भन्सार कार्यालय हुँदै स्वदेशी वस्तु निर्यातको परिमाण भने बढेको छ । चालु आवको पहिलो महिनामा दुई अर्ब ६५ करोड ६६ लाख ६८ हजार मूल्यपर्ने स्वदेशी सामान निर्यात भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.