मंगलवार, श्रावण १२,२०८३ 10:57:55
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 10:57:55
Bizshala
Global IME Bank Limited

स्मार्ट एप्लाएन्सेस र ओम हस्पिटलले स्वच्छ खानेपानीका लागी सहकार्य गर्ने

स्मार्ट एप्लाएन्सेस र ओम हस्पिटलले स्वच्छ खानेपानीका लागी सहकार्य गर्ने
New Office

काठमाण्डौ। स्मार्ट एप्लाएन्सेस लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले स्वच्छ खानेपानीका लागी सहकार्य गर्ने सहमति भएको छ। दुवैले हस्पिटलमा रहेको बिरामी प्रतिक्षास्थल तथा विश्रामस्थलमा स्वच्छ खानेपानी सेवाकालागी सहकार्य गर्ने सहमति गरेका हुन्।

केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लाएन्सेस प्रा.लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वच्छ पानी स्वस्थ जिन्दगानी भन्ने नारा सहित आगामी दिनहरुमा पनि अन्य अस्पताल तथा स्वास्थ्य केन्द्रहरुसँग सहकार्यगरी निःशुल्क लिभप्युअर आर.ओ. ड्रिङ्किङ वाटर सिस्टम जडान गर्नेे कम्पनीले जनाएको छ।

स्मार्ट एप्लाएन्सेसका डेपुटी सेल्स म्यानेजर कमल कडेल साथै मार्केटिंग एक्जुकुटिव  विवेक राठी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतको कार्यकक्षमा नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ समेतको उपस्थितिमा एक औपचारिक समारोहकाबीच दुबै पक्षले सहमति पत्रमा हस्ताक्षर गरी सो सम्झौता गरेको बताइएको छ।

स्मार्ट एप्लाएन्सेस लिमिटेडले थप ३ वटा पोर्टेवल रिवर्स अस्मोसिस मेसिन जडान गरि अस्पतालमा स्वच्छ पिउने पानीको उपलब्धतालाई थप सहज बनाउने ओम हस्पिटलका प्रशासकीय व्यवस्थापक विपिन जङ्गमले बताए।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.