सोमबार, जेष्ठ ४,२०८३ 08:14:48
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 08:14:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लाभांश पारित गर्न एभरेष्ट बैंकले डाक्यो एजीएम, बुक क्लोज कहिले ?

Laxmi Sunrise Bank Limited
लाभांश पारित गर्न एभरेष्ट बैंकले डाक्यो एजीएम, बुक क्लोज कहिले ?
Shivam Cement

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले लाभांशको अजेण्डा पारित गर्न साधारण सभा डाकेको छ । बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले ३० औं वार्षिक साधारण सभा डाकेको हो ।  

बैठकले आगामी असोज २० गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

Bizshala
New Office
CG Motors

उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनन सेयर र ५.५३ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १५.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै प्रस्तावित बोनस सेयर जारी भएपश्चात पूँजी वृद्धि हुने भएकोले सोही बमोजिम संशोधन गर्ने, सञ्चालकलाई नेपाल भित्र, भारत र नेपाल तथा भारत बाहिर अन्य देशको भ्रमण गर्नु पर्दा दैनिक भत्ता विगत ९ वर्ष देखि पुनरावलोकन नभएकोले हालको मुद्रास्फीतिलाई मध्यनजर गरी हाल कायम रहेको दैनिक भत्ता परिवर्तन गर्नका लागि नियमावलीको संशोधन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धी प्रस्ताव पारित गर्ने र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Garima Development Bank
Shivam Cement
IME remit

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८१ असार मसान्तसम्मको वासलात, आव २०८०/८१ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.