सोमबार, असार २,२०८२ 02:55:28
  • सोमबार, असार २,२०८२ 02:55:28
Global IME Bank Limited

पाकिस्तानले आईएमएफबाट ७ अर्ब डलर ऋण पाउने, अर्थतन्त्रमा कस्तो पर्ला प्रभाव ?

Hyundai Nepal
पाकिस्तानले आईएमएफबाट ७ अर्ब डलर ऋण पाउने, अर्थतन्त्रमा कस्तो पर्ला प्रभाव ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले पाकिस्तानका लागि ७ अर्ब डलर ऋण कार्यक्रम स्वीकृत गरेको छ।

यो ऋण कार्यक्रमका लागि पाकिस्तान र आईएमएफबीच यही वर्षको जुलाईमा कर्मचारी स्तरको सम्झौता भएको थियो ।

यो स्वीकृतिपछि पाकिस्तानले छिट्टै आईएमएफबाट १.१ अर्ब डलरको पहिलो किस्ता पाउनेछ । बाँकी लगभग ५.९ अर्ब डलर पाकिस्तानलाई आगामी तीन वर्षमा किस्तामा उपलब्ध गराइनेछ ।  

पाकिस्तानले सन् १९५८ डिसेम्बरमा पहिलो पटक आईएमएफबाट ५० करोड डलर ऋण लिएको थियो र त्यसयता पाकिस्तानले २० पटकभन्दा बढी आईएमएफबाट ऋण लिएको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जियाले कार्यकारी बोर्डको बैठकपछि पाकिीतानको निजी टिभी च्यानल ‘जियो’सँग भनिन्, ‘हामीसँग एउटा राम्रो खबर छ । हामीले पाकिस्तानको लागि हाम्रो समीक्षा पूरा गरेका छौं। म पाकिस्तान सरकार र पाकिस्तानी जनतालाई बधाई दिन्छु। पाकिस्तानले आर्थिक सुधार गरेको छ जसले अर्थतन्त्रमा सुधार गरेको छ।’

उनले पाकिस्तानमा उत्पादन ग्राफ माथि गइरहेको छ भने मुद्रास्फीति घटिरहेकाले अर्थतन्त्र बलियो बाटोमा रहेको बताइन् ।  

पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले ऋण कार्यक्रमको स्वीकृतिमा ुसन्तुष्टि व्यक्त गर्दै भने, ‘ पाकिस्तानमा आर्थिक सुधार द्रुत गतिमा जारी छ।’

आईएमएफले पाकिस्तानका लागि नयाँ ऋण कार्यक्रमलाई अनुमोदन गरेपछि पाकिस्तानको अर्थतन्त्रमा परेको असरलाई वित्तीय विज्ञहरूले सकारात्मक भनेका छन् ।

पाकिस्तानी अर्थतन्त्र विगत साढे तीन वर्षदेखि नकारात्मक वृद्धिदरको शिकार बनेको छ भने देशको विदेशी मुद्रा सञ्चिति घटेको छ ।

डलरको मूल्यमा भएको अत्याधिक वृद्धि, मुद्रास्फीति दरमा भएको ऐतिहासिक वृद्धि र ब्याजदरमा भएको वृद्धिका कारण पनि पाकिस्तानी अर्थतन्त्र समस्याको शिकार भएको छ ।

त्यसैगरी आर्थिक गतिविधि सुस्त हुनुका साथै औद्योगिक एकाइको उत्पादन क्षमतामा आएको ह्रासका कारण देशमा बेरोजगारी दर बढेको छ ।

यस कार्यक्रमको स्वीकृतिपछि पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले पाकिस्तानको आर्थिक सुदृढीकरणपछि आर्थिक विकासको लक्ष्य हासिल गर्न कडा मिहेनत गरिरहने बताएका छन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.