शनिबार, जेष्ठ २,२०८३ 11:27:40
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 11:27:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अग्रवाल र थापा समूहको भिडन्तले धितोपत्र बोर्ड १० महिनादेखि रिक्त, ३५ अर्बको आईपीओ पाइपलाइनमा

Laxmi Sunrise Bank Limited
अग्रवाल र थापा समूहको भिडन्तले धितोपत्र बोर्ड १० महिनादेखि रिक्त, ३५ अर्बको आईपीओ पाइपलाइनमा
Shivam Cement

काठमाण्डौं । धितोपत्र बोर्ड १० महिनादेखि नेतृत्वविहिन रहेको छ । तत्कालिन धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल पुष २० गते बाहिरिए पछि सरकारले धितोपत्र बोर्डमा कुनै पनि व्यक्ति पठाउन सकेको छैन । स्रोतले दिएको जानकारीअनुसार अर्थमन्त्री र प्रधानमन्त्रीबीच नै टसल परेपछि धितोपत्र बोर्डमा नयाँ नियुक्ति हुन नसकेको हो ।  

राजनीतिक स्रोतका अनुसार अर्थमन्त्री विष्णु पौडेल पूर्व राष्ट्रपति विद्यादेबी भण्डारी खेमाका व्यक्ति हुन् । प्रधानमन्त्री ओली खेमामा शंकर पोखरेल, विष्णु रिमाल जस्ता व्यक्तिहरु रहेका छन् । झट् हेर्दा एउटै पार्टीको अर्थमन्त्री र प्रधानमन्त्री भएतापनि पार्टी भित्रै २ गुट हुँदा र दूई गुटलाई फरकफरक व्यापारिक समूहले लबिङ गर्दा लामो समयदेखि धितोपत्रबोर्डमा अध्यक्ष नियुक्ती हुनु सकेको छैन । स्मरण रहोस् अघिल्लोपटक प्रचण्ड सरकार हुँदा पनि प्रधानमन्त्री र अर्थमन्त्री एउटै पार्टीको भएतापनि नियुक्ती गर्ने व्यक्तिको विषयमा फरक धारणा रहँदा धितोपत्रबोर्डमा अध्यक्ष नियुक्ती हुन सकेको थिएन ।  

Bizshala
New Office
CG Motors

अर्को एक स्रोतले दिएको जानकारीअनुसार हाल बिचौलिया दीपक भट्ट पनि यो खेलबाट बाहिरी सकेका छन् । हालको समिकरण बनाउँदा अन्नपूर्ण पोष्टका सञ्चालक क्यापटेन रामेश्वर थापाको भूमिका प्रष्ट रुपमा देखिन्छ । उनी देउवा र ओली दुवैलाई रिजाउन सक्ने व्यक्ति भएको कारण दीपक भट्ट ओझेलमा परेका हुन् । स्रोतका अनुसार दीपक भट्टले अघिल्ला सरकारहरुलाई नै अर्बौ पैसा बुझाई सकेका छन् । हालको सरकार निर्माणमा रामेश्वर थापाको इन्ट्री भै सके पछि भट्ट ओझेलमा परेका हुन् । थापाले पनि अन्नपूर्ण स्टक एक्सचेञ्जको नाममा नयाँ स्टक एक्सचेञ्जको लागि आबेदन दिएका छन् ।  

नयाँ स्टक एक्सचेञ्जको लागि निवर्तमान अध्यक्ष रमेश कुमार हमालको कार्यकालमा नै तीन वटा समूहले आवेदन दिएका छन् । अध्ययन समितिले नयाँ स्टक एक्सचेञ्जका लागि अनुमति दिन सकिने जनाएपछि अब यी तिन समूहबीच तीव्र मोलमलाई र भिडन्त चलेको छ । यहि विषय पेचिलो बन्दा हाल धितोपत्र बोर्डको अध्यक्ष पनि सरकारले नियुक्ति गर्न सकेको छैन ।  

नयाँ स्टक एक्सचेञ्जका लागि ३ वटा समूहमा हिमालयन स्टक एक्सचेञ्ज, अन्नपूर्ण स्टक एक्सचेञ्ज र नेशनल स्टक एक्सचेञ्ज छन् ।  

लाइसेन्सका लागि आवेदन दिएको हिमालयन स्टक एक्सचेञ्ज शंकर ग्रुपअन्तगर्त हालको हिमायल रि इन्स्योरेन्समा लगानी गर्ने व्यापारीहरुको समूहको हो । यो समूहमा दीपक भट्टले बिचौलियाको काम गरेका छन् । दीपक भट्ट लगानी बोर्डका अध्यक्ष शुशिल भट्टका सहोदर भाई हुन् । हिमालयन स्टक एक्सचेञ्जमा भवानी राणा, शेखर गोल्छा र पशुपति मूरारका रहेका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

त्यसैगरी नेशनल स्टक एक्सचेञ्जमा अग्नी ग्रुप र सिद्धार्थ ग्रुप रहेका छन् । यसमा एनआरएनए समूह पनि संलग्न छ । जसमा जीवा लामिछाने, बद्री केसी र कुल आचार्य पनि छन् । यो समूहले पनि नयाँ स्टक एक्सचेञ्जका लागि तीव्र लविङ गरेको थियो ।  

अर्को अन्नपूर्ण स्टक एक्सचेञ्जमा अन्नपूर्ण मिडिया हाउस रहेको छ । यसमा रामेश्वर थापालगायतका सुरेन्द्र वाग्ले, प्रकाश कुमार श्रेष्ठ र गणेश कुमार श्रेष्ठ रहेका छन् ।  

नयाँ स्टक एक्सचेञ्जमा आवेदन दिएर बसेका यी तीनै समूह आफू अनुकूलको सेबोन अध्यक्ष बनाउन सके स्टक एक्सचेञ्जको लाइसेन्स आफ्नो पोल्टामा पार्ने दाउमा छन् । पछिल्लोपटक थापा समूह र अग्रवाल समूहको भिडन्त तथा शक्ति केन्द्रमा ब्रिफकेश  बुझाउने खेल चल्दा धितोपत्र बोर्डमा १० महिनादेखि र सीडीएसीमा २ महिनादेखि नियुक्ती प्रक्रिया अन्यौलमा परेको छ । यी नियुक्ती अन्योलमा पर्दा धितोपत्र बोर्डमा ३५ अर्बभन्दा बढीको आईपीओ र हकप्रद पाइपलाइनमा नै रहेका छन् ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.