सोमबार, असार २,२०८२ 02:47:46
  • सोमबार, असार २,२०८२ 02:47:46
Global IME Bank Limited

विश्व बैंकद्वारा पाकिस्तानलाई ५ सय मिलियन डलरबराबरको ऋण दिन अस्वीकार

Hyundai Nepal
विश्व बैंकद्वारा पाकिस्तानलाई ५ सय मिलियन डलरबराबरको ऋण दिन अस्वीकार
Nabil Bank Limited

काठमाण्डौ । विश्व बैंकले पाकिस्तानलाई ५ सय मिलियन डलरबराबरको ऋण दिन अस्वीकार गरेको छ । निर्धारित समयावधिसम्म तोकिएका मापदण्ड पुरा नगरेको भन्दै विश्व बैंकले पाकिस्तानलाई ऋण दिन अस्वीकार गरेको हो ।  

विश्व बैंकले पाकिस्तानलाई ‘चाइना–पाकिस्तान इकोनोमिक अरिडोर’अन्तर्गत चीनसँगको उर्जा बिक्री सम्झौता पुनरावलोकन गर्न भनेको थियो । तर विश्व बैंकले तोकेको मितिभित्र पुनरावलोकन गर्न असमर्थ भएपछि विश्व बैंकले यस्तो निर्णय गरेको बताइएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै विश्व बैंकले यो आर्थिक वर्षमा पाकिस्तानलाई कुनै पनि प्रकारको नयाँ ऋण प्रदान नगर्ने समेत जनाएको छ । यसले पहिलेदेखि नै ऋण कोटा समाप्त भईसकेको पाकिस्तानको अर्थतन्त्रमा तरंग उत्पन्न गरेको छ ।  

अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले २.५ बिलियन डलरबराबरको बाह्य वित्तीय अन्तर नयाँ कर्जाले परिपूर्ति गर्नुपर्ने जनाएको थियो । विश्व बैंकले ‘अफोडेबल एण्ड क्लिन इनर्जी प्रोग्राम’पेस–थ्री’का लागि पाकिस्तान सरकारले माग गरेको ५ सयदेखि ६ सय मिलियन डलरबराबरको ऋण अस्वीकार गरेको पाकिस्तानी सरकारी स्रोतले जानकारी दिएको जनाइएको छ ।  

पेस प्रोग्राम विश्व बैंकले सन् २०२१ जुनमा स्वीकृत गरेको थियो । जसअन्तर्गत पहिलो चरणमा ४ सय मिलियन डलर प्रवाहित भईसकेको छ । दोस्रो चरणको ऋण स्वीकृतीका लागि विभिन्न शर्तहरु राखिएका छन् । जसमा विशेष गरेर सबै स्वतन्त्र उर्जा उत्पादकसँग वार्ता (विशेष गरेर चिनियाँ उर्जा उत्पादक)गर्नुपर्ने उल्लेख छ ।  

पाकिस्तानले देशमा व्याप्त बढ्दो विद्युत महशुल घटाउन सन् १९९४ र २००२ को नीतिअन्तर्गत भएका उर्जा कम्पनीसँग भएका उर्जा सम्झौताहरुलाई पुनरावलोकन गर्ने योजना बनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.