कुमारी बैंकको २४ औंं साधारण सभा आज, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । कुमारी बैंक लिमिटेडको २४ औंं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । पुस २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार बैंकको उक्त सभा आज काठमाण्डौमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सुरु हुनेछ । बैंकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनै पनि प्रस्ताव पेश हुनेछैन ।

