राष्ट्रबैंकले स्मारिका सिक्का र मेडालियनको मूल्य बढायो, सबैभन्दा महङ्गो कुन ?
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले स्मारिका सिक्का तथा मेडालियनको बिक्री मूल्य बढाएको छ । मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले एक सूचना प्रकाशित गरी स्मारिका सिक्का तथा मेडालियनको सुनचाँदी तथा अन्य धातु खरीद, टकमरी र बिक्री सम्बन्धी कार्यविधि २०७५ को दफा १२(घ) बमोजिम पुनरमूल्यांकन गरी नयाँ बिक्री मूल्य कायम गरिएको प्रष्ट पारेको छ ।