प्रभु बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति पाइन्छ ?
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत र संस्थागत दुवैको ब्याजदर स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.१०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौ महिनाका लागि पनि व्यक्तिगत मुद्दती निक्षेपतर्फको अधिकतम ब्याजदर ६.१०० प्रतिशत नै थियो ।