कामना सेवा विकास बैंकद्वारा कन्चन हरैया लायन्स आँखा हस्पिटललाई वाटर डिस्पेन्सर हस्तान्तरण
काठमाण्डौ । कामना सेवा विकास बैंकले कन्चन हरैया लायन्स आँखा हस्पिटल लाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । बैंकका गरगरे शाखा प्रमुख बाबुराम रेग्मिले लायन्स आँखा हस्पिटलको निवर्तमान अध्यक्ष गणेश आचार्यलाई हस्तान्तरण गरेका हुन् ।