एकैदिन थपियो रु.१७ अर्ब निक्षेप , कर्जा प्रवाह भने स्थिर
काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असार २० गतेसम्म बैंकिङ प्रणालीमा ६३ खर्ब ८७ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको छ । गत असार १९ गतेसम्म भने बैंकिङ प्रणालीमा ६२ खर्ब ७० अर्ब रुपैयाँबरारबको निक्षेप संकलन रहेको थियो । वाणिज्य बैंकहरुको निक्षेप पनि १६ अर्ब रुपैयाँले बढेको छ ।...