सिटिजन्स बैंकद्धारा क्रस वोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा क्रस बोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात गरेको छ । यस सेवाअन्तर्गत पहिलो चरणमा सिटिजन्स बैंक मार्फत क्यूआर भुक्तानी सेवा लिएका व्यवसायहरुमा कारोवार गर्दा भारतीय एपमार्फत भुक्तनी गर्न सकिने बैंकले जनाएको छ ।