प्रभु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्डको बुक क्लोज मिति तय
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडका दुई म्युचुअल फण्डको बुक क्लोज मिति तय गरिएको छ । लाभांश वितरण प्रयोजनाका लागि प्रभु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्डको बुक क्लोज मिति तय गरिएको हो ।
TRENDING
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडका दुई म्युचुअल फण्डको बुक क्लोज मिति तय गरिएको छ । लाभांश वितरण प्रयोजनाका लागि प्रभु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्डको बुक क्लोज मिति तय गरिएको हो ।
काठमाण्डौ । आज बजार दिनभर सामान्य अबस्थामै रह्यो । ९ अंकले घटेको बजारमा अघिल्लो दिनको तुलनामा आज कारोबार पनि घट्यो । प्राविधिक रुपमा आजको बजारलाई मूभिङ एभरेजबाट नियाल्दा आज ५० दिने मूभिङ एभरेजबाट तल खसेको छ । अर्थात यसअघि लिएको सपोर्ट विन्दुबाट बजार केही अंक गुमेको देखिन्छ । मुभिङ एभरेज रेखाले घट्दो बजारमा सपोर्ट बनाउने गर्छ भने बढ्दो बजारमा प्रतिरोधको काम गर्ने गर्छ ।...
काठमाण्डौ । विद्युत नियमन आयोगले जलविद्युत कम्पनीहरुलाई हकप्रद निष्कासनमा थप कडाई गर्ने बताएको छ । विद्युत नियमन आयोगका अध्यक्ष राम प्रसाद धितालले आज दोस्रो बजारका विभिन्न लगानीकर्ता संघका पदाधिकारीहरुसँग छलफलको क्रममा यस्तो बताएका हुन् । उक्त अवसरमा धितालले प्राविधिक पक्ष नियालेर ५० प्रतिशत प्रोजेक्ट निर्माण कार्य सम्पन्न गरेको कम्पनीहरुलाई आवश्यककताका आधारमा...
काठमाण्डौ । वाणिज्य बैंकहरुले सेयरमा लगानी गरेर ९ अर्ब भन्दा बढी आम्दानी गरेका छन् । बैंकहरुले गत आवको अन्त्यसम्म सेयर कारोबारबाट र विदेशी मुद्राको कारोबारबाट ९ अर्ब ३८ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेका छन् । जुन यो अघिल्लो आवको तुलनामा ५३.५७ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकहरुको यस्तो आम्दानी ६ अर्ब ११ करोड १ लाख रुपैयाँ थियो । नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार...
काठमाण्डौ । माबिलुङ इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड आइतबार हुने भएको छ । कम्पनीले गत साउन २६ गतेदेखि २९ गतेसम्म निष्कासन गरेको आईपीओ भदौ ८ गते बाँडफाँड हुने भएको हो । उक्त आईपीओ बाँडफाँड धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कम्पनी लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा बिहान साढे ९ बजे हुनेछ ।
काठमाण्डौ । सरकारले यस आर्थिक वर्षको पहिलो महिनामा पूँजी बजारबाट २ अर्ब १५ करोड ७५ लाख ६९ हजार रुपैयाँबराबरको राजश्व संकलन गरेको छ । सीडीएससीले दिएको तथ्यांकअनुसार सरकारले संकलन गरेको यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा भने कम हो । अघिल्लो आर्थिक वर्षमा सरकारले साउन महिनामा करिब ४ अर्ब २४ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो । चालु आवको पहिलो महिनामा सबैभन्दा बढी कर...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले ‘भिजिट नेप्से’कार्यक्रम सञ्चालन गर्ने भएको छ । नेप्सेले विद्यार्थीहरुलाई पूँजीबजार सम्बन्धी जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्ने भएको हो । सो कार्यक्रममा स्नातक र स्नाकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाउन सक्नेछन् ।
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३३ प्रतिशत अर्थात ९.२२ अंकले घटेर २ हजार ७५७.९७ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१४ प्रतिशतले घटेर ४७४.२६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको १ करोड ६८ लाख ५५ हजार ९०६...
काठमाण्डौ । पूँजीबजार सुधार अभियानमा संलग्न संघसंस्थाहरुको समूहले पूँजीबजारको विभिन्न समस्याहरु सम्बोधन गर्न नेपाल स्टक एक्सचेञ्ज समक्ष माग राखेका छन् । लगानीकर्ताहरुको समूहले भदौ ५ गते पूँजीबजार सुधारका विभिन्न माग राख्दै नेप्से ज्ञापनपत्र बुझाएको छ । अर्थतन्त्रको ऐना भनेर चिनिने पूँजीबजार दयनीय अवस्थाबाट गुज्रिरहेको भन्दै लगानीकर्ताले नेप्सेको ध्यानाकर्षण...
काठमामण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कायममुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ)को जिम्मेवारी भागनारायण साहुलाई प्रदान गरिएको छ । भदौ ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले साहुलाई संस्थाको कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा सञ्जिता नेपाल नियुक्त भएकि छन् । भदौ ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले नेपाललाई संस्थाको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ६९ हजार २१३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले यही भदौ २३ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा ७० करोड रुपैयाँबराकरको रु.१०० अंकित दरका ७० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत साउन २६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, साउन २५ गतेसम्म नेप्सेमा...
काठमाण्डौ । भेन्चर हायर पर्चेज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्नेगरी वार्षिक साधारण सभा डाकेको छ । साउन २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नवौं वार्षिक साधारण सभा डाकेको हो ।उक्त सभा भदौ २७ गते काठमाण्डौको पानीपोखरीमा रहेको कम्पनीको दर्ता कार्यालयमा दिउँसो ३ बजेदेखि सुरु हुनेछ । सभामा प्रारम्भिक...
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म कम्पनीले ६ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको तुलनामा २.०५ प्रतिशतले कम हो । अघिल्लो आवको अन्त्यसम्म भने कम्पनीले ६ करोड ३२ लाख रुपैयाँबराबरको खुद मुनाफा आर्जन गरेको थियो । कम्पनीको बिक्री आम्दानी पनि ८.५१...
काठमाण्डौ । सिटि होटल लिमिटेडले यही भदौ २३ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँबराबरको ८० प्रतिशत अर्थात १ः०.८० अनुपातमा रु.१०० अंकित दरका १ करोड ६७ लाख ४० हजार कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत साउन २७ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, साउन...
काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा करिब १० अंकले घटेर बन्द भयो । आज बजार घट्दा कारोबार पनि साढे २ महिना यताकै न्यून भएको छ । प्राविधिक रुपमा हालको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा तल्लो ब्याण्डमा चलेको देखिन्छ । हाल तल्लो ब्याण्डमा चलेको बजारले बिस्तारै माथिको यात्रा लिँदै गरेको देखिन्छ । म्याक्डी मार्फत नियाल्दा केही समय पहिले बनेको वियरिस...
काठमाण्डौ । पछिल्लो समय प्रि–आईपीओको नाममा लगानीकर्ताहरुबाट पैसा उठाउने धन्दा मौलाउन थालेको छ । धितोपत्र दोस्रो बजारमा आउनु अगावै सर्वसाधारणहरुलाई विभिन्न कम्पनीहरुको संस्थापक सेयर बिक्री गराउने खेती भित्रभित्रै निकै मौलाइरहेको छ । विशेषतः बैंकहरुले आईपीओको प्रस्ताव ल्याउने कम्पनीहरुलाई थप ऋण दिन थालेपछि बजारमा प्रि–आईपीओको नाममा पैसा उठाउने धन्दा मौलाउँदै गएको...
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ५ अर्ब २० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकर कम्पनीहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, आर्यतारा इन्भेष्टेमेन्ट एण्ड सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.