विकाश हाईड्रोपावरको आईपीओ बाँडफाँड, १७ लाख ६१ हजार सदर आवेदकको हात खाली
काठमाण्डौ । विकाश हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ आज धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कमलादीमा रहेको कार्यालयमा बाँडफाँड भएको हो । कम्पनीले गत असार १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले आम सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरका कुल २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ जारी गरेको थियो...

