ग्रीन भेन्चर्सको २.८२ करोड कित्ता सेयरको लक इन अवधि चैतमा समाप्त हुने
काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडको लक इन समयावधि आगामी चैतमा समाप्त हुने भएको छ । कम्पनीको २ करोड ८२ लाख १६ हजार ९५० कित्ता सेयरको लक इन अवधि चैत २० गते समाप्त हुन लागेको हो । कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।

