धितोपत्र बोर्डको सञ्चालक समितिको बैठक आज बस्दै, नयाँ स्टक एक्सचेञ्जका विषयमा निर्णय हुनसक्ने
TRENDING
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २४.५० अंकले बढेर २६५७.७७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२५ कम्पनीको १ करोड ९६ लाख ८० हजार १९५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४० करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचक आज बढेका छन् ।
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको बढोत्तरी भएको छ । आज नेप्से परिसूचक ०.९३ प्रतिशत अर्थात २४.५० अंकले बढेर २ हजार ६५७.७७ विन्दुमा पुगेको हो ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७२ प्रतिशतले बढेर ४४४.७२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३२५ वटा स्क्रिप्टको १ करोड ९६ लाख ८० हजार १९५...
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आव २०८१÷०८२ को दोस्रो त्रैमासिक अवधिको अपरिष्कृत प्रतिबेदन प्रकाशित गरेको छ । संस्थाले समीक्षा अवधिमा वित्तीय सुचकहरुमा उल्लेखनीय सुधार गरि अहिलेको वित्तीय संकटको अवस्थामा पनि वित्तीय अवस्था संतोषजनक रहेको पाइएको छ । संस्थाले ब्याज आम्दानीमा अघिल्लो वर्षको दोस्रो त्रैमासिकमा ४ करोड १४ लाख घाटा ब्यहोरेकोमा यो...
काठमाण्डौ । नेपाल सेयरधनी संघले गठबन्धन सरकारको प्रमुख घटक नेपाली कांग्रेसका सभापति तथा वेटिङ प्राइमिनिस्टर शेरबहादुर देउवालाई पूँजी बजारमा देखिएका विभिन्न समस्याहरु र सरकारले तत्काल गर्नुपर्ने कामका बारेमा जानकारी गराएको छ । संघका अध्यक्ष धनश्याम पाण्डेको नेतृत्वमा गएको लगानीकर्ताको टोलीले माघ १५ गते बुढानिलकण्ठस्थित देउवा निवासमा गएर ज्ञापनपत्र बुझाउँदै...
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा डाकेको छ । माघ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ११ औं साधारण सभा डाकेको हो । उक्त सभा धुलिखेलमा रहेको मिराबेल रिसोर्टमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ०.२६३१५७९० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ५.६३१५७९० प्रतिशत लाभांश पारित...
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड घाटा कम गर्न सफल भएको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्ममा ७२.८२ प्रतिशतले घाटा कम गरेको हो । यससँगै समीक्षा अवधिसम्म संस्थाको घाटा १ करोड ८ लाख रुपैयाँमा सीमित बनेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाको घाटा ३ करोड ९९ लाख रुपैयाँ रहेको थियो ।
काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले सेयर स्वामित्व अनुपात परिवर्तन गर्ने भएको छ । कम्पनीले सेयर स्वामित्व अनुपात परिवर्तन गर्नका लागि विशेष साधारण सभा डाकेको छ । माघ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही माघ ३० गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले माघ ३० गते बुटवलमा रहेको होटल डेनेभोमा बिहान साढे १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ३९५.६८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले ५२ लाख ५८ हजार रुपैयाँ बढी खुद नाफा आर्जन गरेको थियो । यस्तै समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ३०.७१ प्रतिशतले बढ्दै १५ करोड ३३...
काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनीले लिलामीमा राखेको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य शिल्ड टेण्डर) खोलिने भएको छ । कम्पनीले लिलामीमा राखेको ८ लाख २६ हजार कित्ता ५७४ कित्ता अवितरित हकप्रद सेयरको बोलकबोल माघ १८ गते बिक्री प्रबन्धक प्रभु क्यापिटलको कमलादीमा रहेको किार्यालयमा बिहान ८ बजे खोलिने भएको हो ।
काठमाण्डौ । अघिल्लो साता बढेको बजार यो साता २ कारोबार दिन नै घटेको छ । पछिल्लोपटक २७८० विन्दुमा ट्रिपल टप बनाएर खसेको बजारले हाल तल्लो ट्रेन्ड लाइनलाई ब्रेक डाउन पनि गर्न सकेको छैन । त्यसैगरि, बढेर माथिल्लो ट्रेन्ड लाईनलाई ब्रेक आउट पनि गर्न सकेको छैन । अर्थात बजार हाल सिमेट्रिकल प्यार्टन भित्र चलेको देखिन्छ । यदि आगामी कारोबारमा बजारले २६८० विन्दुभन्दा माथि लागेमा बजारले...
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट मात्रै खरिद भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज यो ब्रोकरबाट ६१ करोड २८ लाखको खरिद भएको छ भने ६७ करोड ५६ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३१ करोड ९९ लाखको खरिद भएको छ भने ३२ करोड ५४ लाखको बिक्री भएको छ ।
काठमाण्डौ । नेपाल मर्चेन्ट बैंकर्स संघ र एशोशिएशन अफ इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डिया(एआईबीआई) बीच मंगलबार लगानी व्यवसायीहरूबीच पारस्परिक सहयोग र सहकार्य सम्बन्धी साझेदारी सम्झौता सम्पन्न भएको छ । भारतको मुम्बईस्थित जियो वल्र्ड कन्भेन्सन सेन्टरमा आयोजित एशोसिएशन अफ इन्भेस्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) कोे १३ औं वार्षिक सम्मेलनमा सो सम्झौता सम्पन्न भएको हो ।
काठमाण्डौ । बुद्धभूमि नेपाल हाइड्रो कम्पनी नेपालका साना तथा मझौला जलविद्युतमध्येको एक हो । यो कम्पनी सन् २०१७ मा नुवाकोट जिल्लामा स्थापित ५ मेगावटाको कम्पनी हो । कम्पनीले हाल नेपाल विद्युत नियमन आयोगबाट एकबराबर एक हकप्रद निष्कासनका लागि अनुमति पाएको छ । आधारभूत पक्षः गत आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चूक्तापूँजी ४० करोड रुपैयाँ रहेको छ भने...
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद सेयर निष्कासनको समयावधि लम्बाएको छ। यो हकप्रदमा माघ १४ गतेसम्म आवेदन दिने समय दिइएको थियो । तर माग बमोजिम आवेदन नपरेकाले कम्पनीले अब हकप्रद खरिदका लागि आवेदन दिने समय माघ २९ गतेसम्म थप गरेको छ । कम्पनीले गत पुस २३ गतेदेखि हाल कायम चुक्तापूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८५...
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन(एफपीओ)नेप्सेमा सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएसँगै अब आगामी कारोबारदेखि संस्थाको उक्त सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०.६१ अंकले घटेर २६३३.३२ विन्दुमा कायम भएको छ । नेप्से सूचीकृत ३१२ कम्पनीको १ करोड ७२ लाख ५३ हजार ५७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ५ वटा समूह बढेका छन् । बीमा समूहका दुईवटै उपसूचक भने आज घटेको छ । जीवन बीमा...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक ०.३९ प्रतिशत अर्थात १०.५४ अंकले घटेर २ हजार ६३३.३९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४६ प्रतिशतले घटेर ४४१.५३ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ७२ लाख ५३ हजार ५७६...
काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो ५ औं वार्षिकोत्सवको अवसरमा क्यापिटलको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना अनुरुप, आज २०८१ माघ १३ गतेका दिन सोह्रखुट्टे, काठमाण्डौस्थित मोडर्न नेपाल कलेजमा वित्तीय साक्षरता...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.