शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री
TRENDING
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज बजारमा भदौ पछिकै उच्च अर्थात १३ अर्बको बढीको कारोबार भएको छ । नेप्से परिसूचक पनि आज करिब ७० अंकले बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा सिमेट्रिकल ट्रयाङगलभित्र साइडवेज चलेको बजारले आज माथिल्लो लाइन ब्रेक गरेको छ । यसले बजार बुल यात्रामा प्रवेश गरेको बुझिन्छ । यस विपरित यदि तल्लो लाइन ब्रेक गरेको भए बजार बियिरिस यात्रातर्फ...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ७ अर्ब भन्दा बढीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ६ महिनासम्ममा ७ अर्ब १७ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । आज हामीले राजधानीको अनामनगर, न्यूप्लाजा र नागपोखरी आसपासका ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार सुन्ने र बुझ्ने प्रयास गरेका छौं । साताको पहिलो कारोबार दिन ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति सामान्य नै थियो । कुनै ब्रोकरमा अलिक बाक्लै उपस्थिति...
काठमाण्डौ । नेपाल धितोपत्र बजार पुँजीकरण ४३ खब रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको तथ्याङ्कअनुसार धितोपत्र बजार पुँजीकरण ४३ खर्ब २ अर्ब ८८ करोड रुपैयाँ कायम भएको छ । गत आवको तुलनामा धितोपत्र बजार पुँजीकरण २९.१९ प्रशितले बृद्धि भएको छ । गत आवको सोही अवधिसम्म धितोपत्र बजार पुँजीकरण ३३ खर्ब ३० अर्ब रुपैयाँ थियो ।
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.६२ प्रतिशत अर्थात ६९.८० अंकले बढेर २ हजार ७२७.५८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.०६ प्रतिशतले बढेर ४५८.३७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको २ करोड ४८ लाख ४८ हजार ०७९ कित्ता सेयर...
काठमाण्डौ । लुम्बिनी सेरामिक्स लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकाहरुमा भएको व्यवस्थाबमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक सेयर(आईपीओ)को सार्वजनिक निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्काशन कार्यका लागि सेयर निष्काशन...
काठमाण्डौ । आईसिएफसि फाइनान्स लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । गत माघ ९ गतेदेखि १३ गतेसम्म निष्कासन भएको ७ वर्षे अवधिको ‘९ प्रतिशत आईसिएफसि फाइनान्स डिबेञ्चर—२०८८’नामक ऋणपत्र माघ २० गते बाँडफाँड भएको हो । यो ऋणपत्रमा जम्मा ७ हजार २४७ जना आवेदकहरुबाट ६ लाख ३१ हजार ३५७ कित्ता ऋणपत्रको लागि आवेदन परेको थियो । जसमध्ये स्वीकृत विवरणपत्रमा भएको व्यवस्थाअनुसार गोलाप्रथा...
काठमाण्डौ । सिंगटी हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्ममा १४ करोड २८ लाख रुपैयाँबराबरको खुद सञ्चालन मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनी ४२ लाख २८ हजार रुपैयाँ घाटामा थियो । कम्पनीले विद्युत बिक्री आम्दानीमार्फत ४३ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी।ले विद्युत बिक्रीमार्फत १७ करोड...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ४२ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २८०.८३ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा संस्थाले ११ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानी १६.१८ प्रतिशतले घट्दै ३३ करोड ४७ लाख रुपैयाँ...
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ लाख कित्ता बढी अवितरित हकप्रद सेयर आजदेखि लिलामीमार्फत बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहतर्फको २९ हजार ९७७।३१ कित्ता र सर्वसाधारण समूहतर्फको २ लाख ९० हजार ५५५.९१ कित्ता गरी कुल ३ लाख २० हजार ५३३.२२ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्न लागेको हो । सेयरको न्यूनतम प्रतिकित्ता मूल्य १ सय रुपैयाँ निर्धारण गरिएको छ...
काठमाण्डौ । यो साता सेयर बजारमा ३ दिन मात्रै कारोबार भयो । ३ दिनमा बजार २ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ६५४.३५ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६५७.७७ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता बजारमा ३.४२ अंकको बढोत्तरी आयो ।अघिल्लो साता ६५.७३ अंकले बजार बढेको थियो । यो साता ३ कारोबारमा २७ अर्ब ४५ करोडको सेयर कारोबार भयो । अघिल्लो साता ५ कारोबार दिनमा ३६...
काठमाण्डौ । सिटी होटल लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई हकप्रद सेयर निष्कासन तगा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजीको ८० प्रतिशत अर्थात १ः०.८० अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । गत पुस २६ गते सम्पन्न कम्पनीको नवौं वार्षिक साधारण सभाबाट हकप्रद...
काठमाण्डौ । मोदी इनर्जी कम्पनी लिमिटेडका सञ्चालक दिपक कुमार मुन्दडाको राजीनामा स्वीकृत भएको छ । माघ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मुन्दडाको राजीनामा स्वीकृत गरेको हो ।
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले संस्थापक समूहको सेयर लिलामीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५१ हजार ७४६ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो ।
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा सामान्य सुधार आएको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १४.९७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले १ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानी ४२.९४ प्रतिशतले बढ्दै ७ करोड ५० लाख...
काठमाण्डौ । राष्ट्रिय बाणिज्य बैंक शतप्रतिशत लगानीमा स्थापित आरविवि मर्चेन्ट बैकिङ वार्षिकोत्सव मनाएको छ । कम्पनीको सञ्चालक समितीका अध्यक्ष सरस्वती अधिकारीको सभापतित्वमा कम्पनीको ९ औंं वर्ष पूरा गरि १० औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा माघ १५ गते होटेल रोयल सिङ्गीमा वार्षिकोत्सव मनाइएको हो ।
काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा ‘लो क्याप’ कम्पनीहरु बढी चलेका छन् । बजारमा यस्ता कम्पनीहरुमा लगानीकर्ता बढी आकर्षित हुँदा त्यस्ता कम्पनीको सेयरभाउ माथि उचालिने गर्दछ । सेयरबजारमा लो क्याप र मिड क्याप कम्पनीहरु बढी चल्दा यतिबेला लार्ज क्याप भएका कम्पनीहरु ओझेलमा परेका छन् । लार्ज क्याप कम्पनीहरुहमा अधिकांश वाणिज्य बैंक र जीवन बीमा कम्पनीहरु छन् । वाणिज्य बैंकको...
काठमाण्डौ । संसारमा नै केन्द्रिय बैंकको गभर्नर भनेको महत्वपूर्ण जिम्मेवारी हो । देशको ब्याजदर तथा महङ्गीलाई सन्तुलनमा राख्ने, वित्त नीतिले लिएको लक्ष्यलाई सही मौद्रिक औजारहरु प्रयोग गरेर सक्दो सपोर्ट गर्नेदेखि अर्थतन्त्रलाई समेत चलायमान बनाउने काममा केन्द्रीय बैंकको महत्वपूर्ण भूमिका हुन्छ ।संसारभरका केन्द्रीय बैंकहरुले सरकारले लिने वित्त नीतिका लक्ष्यहरु पूरा...
काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडको सञ्चालकमा दिनेश कुमार बर्तौला नियुक्त भएका छन् । माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले बर्तौलालाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.