युनिलिभर नेपालले अधिकृत पूँजी ह्वात्तै बढाएर बम्पर बोनस दिन खोजेको हो ?
काठमाण्डौं । दोस्रो बजारमा हाल उच्च मूल्य रहेको युनिलिभर नेपालले अधिकृत पूँजी बढाउने प्रस्ताव पास गरेको छ । हाल दोस्रो बजारमा यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता रु. ३९ हजार माथि रहेको छ । कम्पनीको चुक्तापूँजी जम्मा ९ करोड २१ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ४ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।

