२२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा प्रभु महालक्ष्मी लाइफ
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १०.३० अंकले बढेर २६४८.९० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३३ कम्पनीको १ करोड ४ लाख ५६ हजार ९८० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचक नै बढेको छ । जीवन बीमा समूह १.७९ प्रतिशत र निर्जीवन बीमा समूह ०.१९ प्रतिशतले बढेको छ...

