स्वावलम्बन लघुवित्तको ५३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ५३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको यो सेयर खरिदका लागि आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ निर्धारण गरिएको छ ।