शनिबार, फाल्गुन ३०,२०८२ 07:14:50
Bizshala
  • शनिबार, फाल्गुन ३०,२०८२ 07:14:50
रिलायन्स फाइनान्सद्वारा पुरानो नगद लाभांश बुझिलिन आग्रह
Capital Market

रिलायन्स फाइनान्सद्वारा पुरानो नगद लाभांश बुझिलिन आग्रह

काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को साधारण सभाबाट पारित भएको नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको हो ।सेयरधनीहरुले सूचना प्रकाशित भएको एक महिनाभित्र कम्पनीको सेयर रजिष्ट्रार लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा सम्पर्क राखि उक्त बाँकी नगद लाभांश...

सुपर मादी हाईड्रोपावरले सच्यायो लाभांश,अब कति कायम ?
Capital Market

सुपर मादी हाईड्रोपावरले सच्यायो लाभांश,अब कति कायम ?

काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडले लाभांश सच्याएको छ । कम्पनीले गत आवका लागि प्रस्तावित नगद लाभांश सच्याएको हो । मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले बोनस सेयरमा लाग्ने कर वापतका लागि प्रस्ताव गरेको नगद लाभांशमा हाल कायम चुक्तापूँजीको ०.२६३२ प्रतिशत हुनुपर्नेमा भुलवश ०.२६४२ प्रतिशत भएकाले सच्याई पेश गरिएको कम्पनीले जनाएको छ ।

आईपीओ निष्कासनको तयारीमा रहेको भुगर्भ सिमेन्टले डाक्यो साधारण सभा
Capital Market

आईपीओ निष्कासनको तयारीमा रहेको भुगर्भ सिमेन्टले डाक्यो साधारण सभा

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको भुगर्भ सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस १ गते काठमाण्डौको सुन्धारामा रहेको सिटीसी मलमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।सभामा कम्पनीले सर्वसाधारणलाई आईपीओ जारी गर्ने प्रयोजनका लागि सम्पूर्ण कार्य गर्नका लागि कम्पनीका अध्यक्षलाई...

शान्ता प्लाईवुडले आईपीओ निष्कासन गर्ने
Capital Market

शान्ता प्लाईवुडले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । शान्ता प्लाईवुड लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले् आईपीओका प्रस्तावसहित साधारण सभा डाकेको छ । मंसिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मंसिर २८ गते नवलपरासीको जमुवार्डमा रहेको कम्पनीको कार्यालयमा प्रथम वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ ।

फर्स्ट माइक्रोफाइनान्सको १.८६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

फर्स्ट माइक्रोफाइनान्सको १.८६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ८६ हजार ४३३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।    

सिक्लेस हाईड्रोको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि जारी गर्ने
Capital Market

सिक्लेस हाईड्रोको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि जारी गर्ने

काठमाण्डौ । सिक्लेस हाईड्रो लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।बैठकले २०८२ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८९ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।यस्तै बैठकले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको छ । बैठकले...

नेप्से पुनर्संरचना समितिले पायो पूर्णता, ५० दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने
Capital Market

नेप्से पुनर्संरचना समितिले पायो पूर्णता, ५० दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को पुनर्संरचनाका लागि गठित समितिले कामको थालनी गरेको छ । नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको संयोजकत्वमा गठित ५ सदस्यीय अध्ययन समिति सोमबारबाट काम थालेको हो ।

हाइड्रोपावर कम्पनीहरुको नाफामा उल्लेख्य सुधार: सर्वाधिक कमाउनेमा अप्पर तामाकोशी, इपीएस कुनको कति ?
Capital Market

हाइड्रोपावर कम्पनीहरुको नाफामा उल्लेख्य सुधार: सर्वाधिक कमाउनेमा अप्पर तामाकोशी, इपीएस कुनको कति ?

काठमाण्डौ । हाइड्रोपावर कम्पनीहरुको मुनाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको पहिलो त्रैमाससम्ममा हाइड्रोपावर कम्पनीहरुले ५ अर्ब ६ करोड ५२ लाख रुपैयाँ नाफा कमाएका छन् ।यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ९२.९२ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्म हाइड्रो कम्पनीहरुले २ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ नाफा कमाएका थिए ।हाइड्रो कम्पनीहरुको विद्युत बिक्री आम्दानीमा...

सालपा विकास बैंकले पायो आईपीओ निष्कासनको अनुमति
Capital Market

सालपा विकास बैंकले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । सालपा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएको छ । बैंकले अंकित मूल्य १०० रुपैयाँ दरको १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आइपीओ निष्कासनको अनुमति पाएको हो ।

कम्पनीहरुले अब बोनस सेयरमा लाग्ने करबापतको रकम अनिवार्य रुपमा व्यवस्था गर्नुपर्ने
Capital Market

कम्पनीहरुले अब बोनस सेयरमा लाग्ने करबापतको रकम अनिवार्य रुपमा व्यवस्था गर्नुपर्ने

काठमाण्डौ । सेयर बजारमा सूचीकृत कम्पनीहरुले सेयरधनीलाई लाभांशको रुपमा घोषणा गर्ने बोनस सेयरमा लाग्ने करबापतको रकम व्यवस्था गर्नुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०८२, लाई दशौं पटक संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन,२०८२ को प्रारम्भिक मस्यौदा तयार, कस्ता कम्पनी कारोबारका लागि योग्य ?
Capital Market

मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन,२०८२ को प्रारम्भिक मस्यौदा तयार, कस्ता कम्पनी कारोबारका लागि योग्य ?

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन, २०८२ (प्रारम्भिक मस्यौदा) तयार पारेको छ । बोर्डले धितोपत्र दलाल व्यवसायी मार्फत् लगानीकर्तालाई मार्जिन कारोवार सुविधा उपलव्ध गराउने उद्देश्यले धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ८७ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी निर्देशन जारी गरेको हो ।जसअन्तर्गत मार्जिन कारोवार सुविधाको प्रयोजनका लागि...

टिम भेञ्चर्सले २५.१८ लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
Capital Market

टिम भेञ्चर्सले २५.१८ लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाण्डौ । टिम भेञ्चर्स लिमिटेडले प्राथमिक सेयर निष्काशन (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । कम्पनीले कुल २५ लाख १८ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।यस सम्बन्धमा २०८२ साल मंसिर ०८ गते, काठमाण्डौको नक्सालस्थित सिद्धार्थ क्यापिटल लिमिटेडको...

सेयरबजारमा लगातार दुईदिन उच्च अंकको वृद्धि, कारोबार रकम समेत बढ्यो
Capital Market

सेयरबजारमा लगातार दुईदिन उच्च अंकको वृद्धि, कारोबार रकम समेत बढ्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आजपनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.८१ प्रतिशत अर्थात ४७.२२ अंकले बढेर २ हजार ६४७.४४ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.७४ प्रतिशतले बढेर ४५६.१३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको १ करोड ४२ लाख ४ हजार ३६२ कित्ता सेयर ७...

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सञ्चालकमा अधिकारी नियुक्त
Capital Market

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सञ्चालकमा अधिकारी नियुक्त

काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको सञ्चालकमा कल्याण अधिकारी नियुक्त भएका छन् । मंसिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीलाई रिक्त रहेको कम्पनीको सञ्चालक पदमा बाँकी कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

प्राइम कमर्सियल बैंकको संस्थापक समूहतर्फको सेयर बिक्रीमा
Capital Market

प्राइम कमर्सियल बैंकको संस्थापक समूहतर्फको सेयर बिक्रीमा

काठमाण्डौ । प्राइम कमर्सियल बैंकले आजदेखि संस्थापक समूहतर्फको सेयर बिक्रीमा राखेको छ । यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।  संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । निर्धारित समयसम्म सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई...

रिलायन्स स्पिनिङ्ग मिल्सद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
Capital Market

रिलायन्स स्पिनिङ्ग मिल्सद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । मंसिर १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको ३१ औं वार्षिक साधारण सभा डाकेको हो ।उक्त सभा यही मंसिर २३ गते काठमाण्डौको कमलादीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा आयोजना हुनेछ ।

सर्वसाधारणका लागि इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहको ५ हजार ७५० कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयर खरिदका लागि विद्यमान संस्थापकका साथै आम सर्वसाधारणले समेत बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।  

आईसीएफसी फाइनान्सले डाक्यो साधारण सभा, लाभांश वितरणको प्रस्ताव पारित गरिने
Capital Market

आईसीएफसी फाइनान्सले डाक्यो साधारण सभा, लाभांश वितरणको प्रस्ताव पारित गरिने

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले आगामी मंसिर २९ गते साधारण सभा आयोजना गर्ने भएको छ । मंसिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाण्डौको बौद्रमा रहेको बौद्ध हेरिटेजमा बिहान १० बजेदेखि कम्पनीको २१ औं साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।  सभामा कम्पनीको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित १५.७८९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ७ हजार ८८२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

रिभर फल्स पावरको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने
Capital Market

रिभर फल्स पावरको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडलेको लिलामी सेयरको शिलबन्दी बोलपत्र मंसिर ८ गते खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको कमलादीमा रहेको प्रभु क्यापिटलको कार्यालयमा दिनको १ बजे खोलिने छ ।  कम्पनीले गत कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म १० लाख ३८ हजार ९२४ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.