इको प्यानल नेपालको आयोजनामा अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाण्डौ । इको प्यानल नेपाल प्रालिले ग्रिल तथा स्टिल व्यवसायीहरुको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले माघ २५ गते भक्तपुरमा उक्त कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा तुलनात्मक रुपमा महँंगा भए पनि विदेशबाट आयातित वस्तु भन्दा स्वदेशमै बनेका वस्तुहरुको प्रयोग गर्नुपर्नेमा जोड दिइएको आयोजकले जनाएको छ ।

