एकाघर परिवारको बीमा गर्न नपाउने व्यवस्था संशोधन हुने, अभिकर्ताले बीमा ऐनबमोजिम बीमा गराउनुपर्ने
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामार्फत बीमा अभिकर्ताले एकाघर परिवारका सदस्यको बीमा गर्न नपाउने व्यवस्था गरेको छ । बीमा अभिकर्ताहरुले यो नियमको चर्को आलोचना गरेका छन् । अभिकर्ताहरुले एकमुष्ट रुपमा प्राधिकरणसमक्ष पत्रमार्फत निर्देशिकामार्फत उक्त नियम हटाउन माग गरेका छन् । नेपाल बीमा प्राधिकरणले अभिकर्तामा आधारित बीमा...