बीमाको दायरा बढाउने प्राधिकरणको प्रयास असफल, बीमा कम्पनीहरु व्यवसाय बढाउन मात्रै केन्द्रीत
काठमाण्डौ । बीमाको दायरा ४३.५६ प्रतिशत जनसंख्यामा पुगेको छ । नेपाल बीम प्राधिकरणका अनुसार चालु आवको १० महिनासम्ममा म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित बीमाको दायरा ४३.५६ प्रतिशत जनसंख्यामा पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा बीमाको दायरा ०.१८ प्रतिशतले घट्न पुगेको छ । गत आवको सो अवधिसम्म बीमाको दायरा ४३.६४ प्रतिशत जनसंख्यामा पुगेको थियो ।...