बीमा कम्पनीले यी १४ व्यवस्था पालना नगरे लाइसेन्स खारेज हुन सक्ने, रु.५ करोड सम्मको जरिवाना
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८१ जारी गरेको छ । प्राधिकरणले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा बीमकको काम कारबाहीलाई अन्तरराष्ट्रिय मापदण्ड अनुरुप बनाउन वाञ्छनीय भएकाले उक्त निर्देशन जारी गरेको हो । ...