सूर्यज्योति लाइफले माग्यो विभिन्न शाखाका लागि ब्रान्च म्यानेजर र ट्रेनी असिस्टेन्ट
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ब्रान्च म्यानेजर र ट्रेनी असिस्टेन्ट पदका लागि दरखास्त आह्वान गरेको हो । कम्पनीले डुम्रे,हटिया,इलाम,नारायणगढ र रसुवा शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर माग गरेको छ । यो पदका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक उत्तिण गरेको...