प्रभु महालक्ष्मी लाइफले डाक्यो साधारण सभा, लाभांश र हकप्रदको अजेण्डा पारित हुने
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले ७ औं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी असोज २३ गते सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित १० प्रतिशत बराबर बोनस सेयर तथा सो मा लाग्ने कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश...

