स्वास्थ्य बीमा कार्यक्रमका लागि रु. ७.५० अर्ब बजेट विनियोजन
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमाको लागि साढे ७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्ने बताउँदै सो का लागि ७ अर्ब ५० करोड बजेट छुट्याएको बताएका हुन् । आगामी आवमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरी स्वास्थ्य सेवामा आम नागरिकको पहुँच सुनिश्चित गरिने अर्थमन्त्री पुनले बताए ।...