थप दुई म्युचुअल फण्डलाई धितोपत्र बोर्डले दियो निष्कासनको अनुमति
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले थप दुई म्युचुअल फण्डलाई सार्वजनिक निष्कासनको अनुमति दिएको छ । बोर्डले हिमालयन लार्ज क्याप फण्ड र आरबीबी फोकस ४० फण्डलाई निष्कासनको अनुमति प्रदान गरेको हो । हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरको ४० करोड इकाई निष्कासन गर्न अनुमति पाएको हो ।

