घट्यो डलरको मूल्य, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको अमेरिकी डलरको भाउ आज घटेको छ । नेपाल राष्ट्र बैंकले आज(पुस २४ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १३६.८५ रुपैयाँ र बिक्रीदर १३७.४५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.०३ रुपैयाँ र बिक्रीदर १३७.६३ रुपैयाँ कायम थियो ।

