यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक १९ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२३ रुपैयाँ र बिक्रीदर १३४.८३ रुपैयाँ कायम भएको छ । यस्तै आज एक यूरोको खरिददर १४५.४३ रुपैयाँ र बिक्रीदर १४६.०८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७३.५३ रुपैयाँ र बिक्रीदर १७४.३० रुपैयाँ कायम भएको छ ।