नेपाली सेनाले भन्यो, ‘जेनजी आन्दोलनका विकसित घटनाक्रमबारे विश्लेषण भईरहेको छ, संयमित बनौं’
काठमाण्डौ । नेपाली सेनाले जेनजी प्रदर्शनकारीहरुलाई संयमित हुन आग्रह गरेको छ । नेपाली सेनाले एक विज्ञप्ती जारी गर्दै जेनजी आन्दोलनका विकसित घटनाक्रमहरु बारे नेपाली सेनाले विश्लेषण गरिरहेकाले संयमित रहन आग्रह गरेको हो । ‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न...

