सरकाले विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई हटाएर गुरुङ र कार्कीलाई गर्यो नियुक्त
काठमाण्डौ। सरकारले व्यवसायीसँग बक्यौता असुल गर्नुपर्ने अडानमा रहेका नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई हटाएर नयाँ नियुक्त गरेको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्रबहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो।

