‘इन्भर्टेड हेड एण्ड सोल्डर’ प्याटर्न बनाएको बजारमा अब कति–कतिमा छ प्रतिरोध ?
काठमाण्डौ । पछिल्लोपटक २८ सय विन्दु तल प्रतिरोध सामना गरेको बजार लगातार २ दिन बढेको छ । आजको बजारलाई डेली बेसमा क्याण्डल स्टिकबाट नियाल्दा ‘लंङ लेग्ड डोजी’ बनेको छ । यसमा तलको धागोले बजारमा क्रेता हाबी भएको बुझिन्छ भने माथिको धागोले अझै पनि बजारमा बिक्रेता हाबी भएको बुझिन्छ । यो भनेको अनिर्णयको क्याण्डल पनि हो । यस हिसाबले यदि आगामी कारोबारमा आजको उचाइ २ हजार ७९३...