खेलाडी लागेपछि सर्वोत्तम सिमेन्टमा लगातार अपर सर्किट, सेयरमूल्य एकहजार नजिक
काठमाण्डौ । दोश्रो बजारमा कारोबार सुरु भएको छैठौं दिनमा पनि सर्वोत्तम सिमेन्टको सेयरमूल्यमा अपर सर्किट लागेको छ । नेपाली सेयर बजारमा दोश्रो बजारमा सूचीकृत भएको लगातार छैठौं दिनसम्म अपर सर्किट लागेका निकै कम कम्पनी मात्र छन् । सर्वोत्तम सिमेन्टको बजारमा निकै कम आपूर्ति छ । थोरै कित्ता सेयरमा खेलाडीहरुले लगातार चलखेल गरिरहँदा मूल्य समेत लगातार नै उछालको गतिमा बढिरहेको छ...