२३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक १४.११ अंकले बढेर २६२६.३१ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २० करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ११ वटा समूहमा हरियाली छाएको छ भने दुई उपसूचक घटेका छन् ।