यो साता सेयर बजार ४ दिन मात्र खुल्ने, चैत ३ देखि बजारले नयाँ गति समात्ला ?
काठमाण्डौ । यो साता सेयर बजार ४ दिन मात्र खुल्नेछ । अर्थात, यो साताको अन्तिम कारोबार दिन भोलि(बुधबार) हो । यो साताको मात्र नभई फागुन महिनाकै अन्तिम कारोबार दिन पनि हो । नेप्से परिसूचक निरन्तर घटिरहेको अवस्थामा सार्वजनिक विदा परेर एकदिन बजार सञ्चालन नहुँदा व्यापारी तथा लगानीकर्ताहरुले थोरै भए पनि राहात महसुस गर्नसक्छन् ।