पोखरा फाइनान्सका सीईओ पदमुक्त, कामु सीईओको जिम्मेवारी भट्टराईलाई
काठमाण्डौ । पोखरा फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ)रविचन्द्र गुरुङ पदमुक्त भएका छन् । माघ २३ गते साँझ ५ बजे बसेको कम्पनीको सञ्चालक समितिको ५४३ औं बैठकले गुरुङलाई पदमुक्त गर्ने निर्णय गरेको हो । उनलाई सोही मितिदेखि लागू हुनेगरी पदमुक्त गरिएको कम्पनीले जनाएको छ ।