नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘बजारमा पुस मसान्तको दबाब’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.८० प्रतिशत अर्थात २१.१२ अंकले घटेर २ हजार ६०९.५८ विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५४ प्रतिशतले घटेर ४४८.९९ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा स्क्रिप्टको १ करोड १० लाख ९९ हजार २३९ कित्ता...