जेनजी आन्दोलनपछि मदागास्कर सेनाको नियन्त्रणमा: राष्ट्रपति भागे, संविधान स्थगित, लगानीकर्ताले पनि देश छाड्न थाले
एन्तानानारिभो (मदागास्कर) । राजनीतिक अस्थिरता र युवा आन्दोलनबीच अफ्रिकी द्वीप राष्ट्र मदागास्कर अहिले पूर्ण रूपमा सेनाको नियन्त्रणमा पुगेको छ। राष्ट्रपति एन्ड्रि राजोएलिना देशबाट भागेका छन् भने सैनिक नेतृत्वले संविधान र संवैधानिक अदालतका अधिकारहरू स्थगित गरेको घोषणा गरेको छ।

