इजरायली राजदूतले भने, ‘इजरायल भारतको आत्मरक्षाको अधिकारको समर्थनमा’
काठमाण्डौ । भारतका लागि इजरायली राजदूत रुवेन अजारले भारतीय सेनाको अपरेशन सिन्दूरप्रति प्रतिक्रिया व्यक्त गरेका छन् । अजारले एक्समा पोष्ट गर्दै यस्तो बताएका हुन् । ‘इजरायलले भारतको आत्मरक्षाको अधिकारलाई समर्थन गर्दछ। आतंकवादीहरूलाई थाहा हुनुपर्छ कि उनीहरूले निर्दोषहरू विरुद्धको जघन्य अपराधहरूबाट भाग्नको लागि लुक्ने ठाउँ छैन,’ इजरायली राजदूतले लेखेका छन् ।

