सोमबार, जेष्ठ ४,२०८३ 03:42:02
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 03:42:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

व्यवसाय विकास सेवा सम्झौतामा हस्ताक्षर

Laxmi Sunrise Bank Limited
व्यवसाय विकास सेवा सम्झौतामा हस्ताक्षर
Shivam Cement

काठमाण्डौ । साना, मझौला तथा सबै खाले व्यवसायलाई सहयोग पुर्याउने उद्देश्यले शुक्रबार विराटनगरमा ‘व्यवसाय विकास सेवा’ सम्झौतामा हस्ताक्षर गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी, आध्यान्त फण्ड मेनेजमेन्ट लि. र उपाय बिजनेश सोलुशन र नेपाल उद्योग वाणिज्य महासंघ कोशी, आध्यान्त फण्ड मेनेजमेन्ट लि. र डाइनो टेक प्रा.लि. बीच दुई बेग्ला बेग्लै सम्झौता भएको हो ।

उपाय बिजनेश सोलुशन बीचको सम्झौतामा महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत, आध्यान्त फण्ड मेनेजमेन्ट लि.का कार्यक्रम तथा साझेदारी प्रमुख निश्चल सिंह भण्डारी र उपाय बिजनेश सोलुशनका प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठ तथा डाइनो टेक प्रालिबीचको सम्झौतामा महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत, आध्यान्त फण्ड मेनेजमेन्टका कार्यक्रम तथा साझेदारी प्रमुख निश्चल सिंह भण्डारी र डाइनो टेक प्रालिका अध्यक्ष प्रदिप सिग्देलले हस्ताक्षर गरेका थिए ।

Bizshala
New Office
CG Motors

सम्झौता कार्यक्रमअघि बिडिएसबारे विभिन्न वक्ताले चर्चा गरेका थिए । त्यस क्रममा अध्यक्ष राउतले नेपालको आर्थिक विकासका लागि कोशी प्रदेशको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै व्यवसाय विकास सेवा शुभारम्भ भएकोमा खुसी व्यक्त गरेका थिए । कोशी प्रदेशमा सञ्चालनमा रहेका उद्योग प्रतिष्ठानहरुले राष्ट्रिय पूँजी निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै अध्यक्ष राउतले व्यवसाय विकास सेवाबाट थप लाभ प्राप्त हुने बताए ।

कोशी प्रदेशमा १२ हजार २२५ उद्योग प्रतिष्ठान सञ्चालनमा रहेको र तिनमा ७३ हजार ९१८ जनाले रोजगारी पाएको तथ्यांक राउतले प्रस्तुत गरेका थिए । उक्त तथ्यांक औपचारिक रुपमा सञ्चालनमा रहेका उद्योग, प्रतिष्ठानहरुको भएको उल्लेख गर्दै उहाँले अनौपचारिक रुपमा यस्ता धेरै उद्योगहरु सञ्चालनमा रहेको बताएका थिए ।

त्यसरी अनौपचारिक रुपमा सञ्चालन व्यवसाय र उद्योग प्रतिष्ठानलाई औपचारिक रुपमा सञ्चालनमा ल्याउन चुनौती भएको सन्दर्भमा व्यवसाय विकास सेवाले महत्वपूर्ण सहयोग पु¥याउने अध्यक्ष राउतको भनाई छ ।

ग्रामीण क्षेत्रदेखि सहरी क्षेत्रसम्म सञ्चालनमा रहेका घरेलु तथा साना उद्योगहरु, उद्योग स्थापनादेखि सञ्चालत र व्यवस्थापनसम्म कामका लागि तहगत सरकारका आवश्यक प्रक्रियाहरु गर्न अनेक कारणले कठिनाइ भइरहेको उनले बताए । यस्तो अवस्थामा सहजीकरण गर्नु उक्त कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

त्यसै कुरालाई मध्यनजर गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले उपाय र आध्यान्त फन्ड म्यानेजमेन्ट लिमिटेडको सहकार्यमा कानुनीदेखि व्यवसाय सुधार, बजार पहुँच र प्रतिस्पर्धात्मक क्षमता बढाउने जस्ता सेवाहरु पूर्वमै पहिलो पटक व्यवसाय विकास सेवा (बिडिएस) दिन लागिएको अध्यक्ष राउतले बताए ।

कार्यक्रममा अध्यान्त संस्थाका प्रतिनिधि निश्चलसिंह भण्डारीले दुई वर्षदेखि उद्योग वाणिज्य महासंघ कोशीसँग सहकार्य गरिरहेको उल्लेख गर्दै अबका दिनमा बिडिएस मार्फत् सेवा केन्द्रहरु स्थापना गरी काम गर्दा अझ सहज हुने बताए ।

व्यवसाय सञ्चालन, ऋण लिनेदेखि लिएर अन्य प्रक्रियाहरुमा उद्योग तथा व्यवसायलाई सहयोग पुर्याउन कार्यक्रम महत्वपूर्ण रहेको उनको भनाइ थियो । आगामी तीन वर्षमा यस्तो सेवा मार्फत एक हजारभन्दा बढी व्यवसायीलाई सघाउन सकिने जानकारी उनले दिए ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.